मिति २०७५ जेठ ४ गते तदनुसार २०१८ मे १८ तारिख शुक्रबार काभ्रे जेसीज र काभ्रे महिला जेसीजको  संयुक्त आयोजनामा सम्पन्न भएको उद्घोषण तालिम (Master of Ceremony-MC Training) नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  थियो ।
नेपाल जेसीजका पूर्व उपाध्यक्ष जेसी मञ्जरी घिमिरेले दिनु भएको तालिममा स्वागत मन्तव्य काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जमुना मानन्धरले राख्नुभएको थियो । उक्त तालिममा विभिन्न विद्यालय तथा संघसंस्थाहरुबाट ६० जनाको सहभागिता रहेको थियो ।
काभ्रे जेसीजका अध्यक्ष जेसी उमेश मानन्धरले सभापतित्व ग्रहण गरेको कार्यक्रममा महासचिव जेसी बिजेश मुल्मीले सञ्चालन गर्नुभएको थियो भने तालिम संयोजक जेसी कृष्णकुमार मानन्धरले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

Share: