मिति २०७६ भाद्र ११ गते तदनुसार २०१८ अगष्ट २८ तालिखका दिन बुधबार काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको  संयुक्त आयोजनामा समुदायमा जेसीज २०१९ को उद्घाटन समारोह तथा प्रभावकारी सार्वजनिक भाषण तालिम (Effective Public Speaking-EPS Training) काभ्रे जेसीजका अध्यक्ष जेसी बिजेश मुल्मीको सभापतित्वमा र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य श्री सुरकृष्ण बैद्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको  थियो । कार्यक्रममा काभ्रे जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्टिय कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धर, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यज्यूले अतिथिको रुपमा उपस्थिति हुनु भएका थिए ।

काभ्रे जेसीजका पूर्व अध्यक्ष जेसी इन्द्रनारायण भैलज्यूले दिनु भएको तालिममा स्वागत मन्तव्य काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जयन्ति मानन्धरले राख्नुभएको थियो । त्यस्तै जेसीज आस्थापाठ वाचन काभ्रे महिला जेसीजकी कोषाध्यक्ष जेसी देवकी दुलालले गर्नुभएको थियो । भाषण तालिम कला बृद्धि गरि विभिन्न सभा सेमिनारहरुमा आफ्नो प्रस्तुति राम्रोसँग राख्नका लागि आयोजना गरिएको तालिममा बनेपा, धुलिखेल र पनौनी न.पा. का १८ वटा विद्यालयबाट ७२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

काभ्रे जेसीजको महासचिव जेसी रिकेश श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा समुदायमा जेसीज वर्ष २०१९ मा गरिने विभिन्न कार्यक्रमहरुबारे काभ्रे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी कृष्णकुमार मानन्धरले जानकारी गराउनु भएको थियो भने  प्रभावकारी सार्वजनिक भाषण तालिम बारे कार्यक्रम संयोजक जेसी अशोक श्रेष्ठले जानकारी दिनुभएको थियो । काभ्रे महिला जेसीजकी तालिम संयोजक जेसी बुद्धलक्ष्मी मानन्धरले तालिमको औचित्य र प्रभावकारी रुपमा आफ्नो प्रस्तुति सभा सम्मेलनमा राख्नका लागि तालिम महत्वपूर्ण रहको बताउँदै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभापति जेसी बिजेश मुल्मीले कार्यक्रम समापन गर्नुभएको थियो ।

Share: