मिति २०७६ भाद्र १४ गते काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त आयोजनामा समुदायमा जेसीज अन्तर्गतको दोस्रो कार्यक्रमको रुपमा मा.वि. स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । शाखाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यता र काभ्रे जेसीजको अध्यक्ष जेसी विजेश मुल्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
विभिन्न विद्यालयबाट ४५ जना विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । कार्यक्रममा निर्णायक काभ्रे जिल्लाका वरिष्ठ चित्रकार सहायक कर्माचार्यज्यूले सहभागिहरुलाई चित्रकलामार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरि व्यवसायिक रुपमा अगाडि आउन सकिने जानकारी गराउनु भयो । त्यस्तै, प्रमुख अतिथि जेसीआई सिनेटर विकास मानन्धरले चित्रकला प्रतियोगिताले विद्यार्थीहरुले आफू भित्रको क्षमता उजागर गरि भविष्यमा चित्रकारिता भित्रको पनि विभिन्न क्षेत्रमार्फत अगाडि बढ्न विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुभएको थियो । काभ्रे जेसीजका महासचिव जेसी रिकेश श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा काभ्रे महिला जेसीजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी मञ्जु घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो तथा बनेपा जुनियर जेसीजकी कार्यकारिणी उपाध्यक्ष जु.जेसी रोजा सिल्पकारले जेसीज आस्थापाठ वाचन गर्नुभएको थियो भने कार्यक्रम संयोजक जेसी राजन मानन्धरले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो । सभापति जेसी विजेश मुल्मीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गर्नुभएको थियो ।

Share: