मिति २०७५ जेठ १२ गते तदनुसार २०१७ मे २६ मा बुढानिलकण्ठ जेसीजको आयोजना तथा काभ्रे जेसीजको सहआयोजनामा बनेपामा Awarness of Card Fraud and its Mitigation कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रमको सभापतित्व काभ्रे जेसीजका पूर्व अध्यक्ष जेसी हिराशर्मा नेपालले गर्नुभएको थियो भने नेपालमा बैड्ढिड्ड कारोबार गर्नका लागि प्रचलनमा रहेका विभिन्न कार्डहरुको प्रयोगमा हुने ठगी र सोको लागि सुरक्षा सम्बन्धी जानकारी कार्यक्रमका श्रोत व्यक्ति तथा बुढानिलकण्ड जेसीजका अध्यक्ष जेसी अमर राजभण्डारीले प्रस्तुत गरेका थिए । कार्यक्रमका विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Share: