काभ्रे जेसीजको ४२ औं वार्षिक साधारण सभा तथा ३२ औं शाखा अधिवेशन सम्पन्न

काभ्रे जेसीजको ४२ औं वार्षिक साधारण सभा तथा ३२ औं शाखा अधिवेशन मिति २०७५ पौष २८ गते शनिबार बनेपास्थित होटल उग्रचण्डीमा काभ्रे जेसीजका संस्थापक एवं पूर्व अध्यक्ष जेसी महेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यतामा एवं वर्ष २०१८ का अध्यक्ष जेसी उमेश मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष जेसी राजेश रंजितले जेसीज आस्थापाठ वाचन गर्नुभयो । उपाध्यक्ष जेसी सुवास वैद्यले सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो । वार्षिक साधारण सभामा काभ्रे जेसीजको विधानमा संसोधन गर्न प्रस्तावित बुँदाहरुलाई संसोधन गर्दै सभाबाट अनुमोदन गरिएको थियो ।  त्यस्तै साधारण सभामा वर्ष २०१९ का लागि नेतृत्व गर्न अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र सहसचिव निर्विरोध निर्वाचित भएका थिए भने उपाध्यक्ष पदमा मतदानमार्फत निर्वाचित भएका थिए ।
काभ्रे जेसीजमा वर्ष २०१९ का लागि पदाधिकारीहरु निम्नानुसार रहेका छन् ।
अध्यक्ष : जेसी बिजेश मुल्मी
निवर्तमान अध्यक्ष :    जेसी उमेश मानन्धर
कार्यकारिणी उपाध्यक्ष : जेसी कृष्णकुमार मानन्धर
कार्यकारिणी उपाध्यक्ष : जेसी सुबास बैद्य
महासचिव : जेसी रिकेश श्रेष्ठ
कोषाध्यक्ष : जेसी राजेश रंजित
उपाध्यक्ष  : जेसी संजिप मानन्धर
उपाध्यक्ष   : जेसी सुमित मानन्धर
उपाध्यक्ष : जेसी सुरेन्द्र सुद्धाकार
उपाध्यक्ष :   जेसी शिवराम घिमिरे
सहसचिव   :   जेसी कृष्णकुमार श्रेष्ठ
तालिम संयोजक :    जेसी अशोक श्रेष्ठ

कार्यक्रममा निर्वाचन आयुक्त सिनेटर सुमन चौ प्रधानले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । साथै शाखा अधिवेशन निर्देशक जेसी विकास वैद्यले शाखा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

शाखा अध्यक्ष जेसी उमेश मानन्धरले वर्ष २०१८ भरि सहयोग गर्नुहुने बोर्डका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, शाखा अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान दिनुहुने निर्वाचन आयुक्त, शाखा अधिवेशन निर्देशक तथा सम्पूर्ण सदस्यहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

 

Share: