मिति २०७५ माघ १५ गते मंगलबार तदनुसार २०१९ जनवरी २९ तारिखका दिन अपरान्ह ४ः०० बजे अरनिको पार्टी प्यालेस, बनेपामा काभ्रे जेसीज, काभ्रे महिला जेसीज र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम नेपाल सरकार, पूर्व पराराष्ट्र मन्त्री डा. रामशरण महतज्यूको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
उक्त समारोहमा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी भोजराज चापागाईं, राष्ट्रिय उपाध्यक्षहरु सिनेटर रुकमणि सिग्देल, सिनेटर इनु थापा, जेसी मोहनलाल डाँगी। पूर्व राष्ट्रिय अध्यक्षहरु सिनेटर सुशीलबाबु श्रेष्ठ, सिनेटर राजेश न्याछ्यों, शाखाका  पूर्व अध्यक्षज्यूहरु, विभिन्न शाखाका अध्यक्षज्यूहरु तथा पदाधिकारीहरु लगायत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा व्यक्तित्व सम्मान अन्तर्गत शैक्षिक क्षेत्रमा विगत लामो समयदेखि लाग्नु भएका शिक्षासेवी राजभाइ मानन्धर र स्वास्थ्य क्षेत्रमा लाग्नु भएका डा. संजय मानन्धरज्यूलाई सभामा सम्मानित गरिएको थियो ।
त्यस्तै पुरस्कार वितरण अन्तर्गत काभ्रे जेसीज वर्ष २०१८ मा जेसीज अभियानमा उत्कृष्ट कार्य गरेवापत तपसिलका पदाधिकारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
१) राजेन्द्र जोशी बेस्ट जेसीज अवार्ड ः जेसी राजेश रंजित (उपाध्यक्ष २०१८)
२) स्व. खोम बहादुर गुरुड्ड बेस्ट लोम अफिसर अवार्ड ः जेसी सुबास बैद्य (उपाध्यक्ष २०१८)
३) स्व. राम श्रेष्ठ स्मृति बेस्ट प्रोग्राम कोअर्डिनेटर अवार्ड ः जेसी कृष्णकुमार मानन्धर (तालिम संयोजक २०१८)    
    कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष जेसी उमेश मानन्धरले आफ्ना समकक्षी अध्यक्षहरुलाई, पूर्व अध्यक्षहरु, बोर्ड पदाधिकारीहरु लगायत सहयोगी संघसंस्था एवं व्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । साथै, वर्ष २०१८ का बोर्ड पदाधिकारीहरुले वर्ष २०१८ अध्यक्ष जेसी उमेश मानन्धरलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षज्यूहरुले वर्ष २०१८ का अध्यक्षज्यूबाट वर्ष २०१९ का अध्यक्ष जेसी बिजेश मुल्मीज्यूलाई अध्यक्षीय माला हस्तान्तरण गरेका थिए । साथै, नवनिर्वाचित अध्यक्षज्यूलाई वर्ष २०१८ का अध्यक्ष जेसी उमेश मानन्धरले सपथ ग्रहण गराएका थिए भने वर्ष २०१९ का बोर्डका पदाधिकारीहरुलाई वर्ष २०१९ का अध्यक्ष जेसी बिजेश मुल्मीले सपथ ग्रहण गराएका थिए । त्यस्तै गरि वर्ष २०१८ का निवर्तमान अध्यक्ष सिनेटर सुमन चौ प्रधानलाई पूर्व अध्यक्ष क्लबमा पूर्व अध्यक्षज्यूहरुले स्वागत गरि प्रवेश गराउनु भयो ।
    कार्यक्रममा ३२ औं शाखा अधिवेशन तथा ४२ औं वार्षिक साधारण सभाका निर्देशक जेसी विकास बैद्यज्यूलाई शाखा अधिवेशन तथा वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गराउनु भएकोमा तथा ३२ औं शाखा अधिवेशनका निर्वाचन आयुक्त सिनेटर सुमन चौ प्रधानलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु भएकोमा उहाँहरुको कार्यको उच्च मूल्याकंन गर्दै कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै, उम्मेदवार तालिमका प्रमुख प्रशिक्षक जेसी इन्द्रनारायण भैल, प्रशिक्षक जेसी महेन्द्रनाथ कर्माचार्य र प्रशिक्षक जेसी विकास मानन्धरलाई वर्ष २०१८ का अध्यक्ष जेसी उमेश मानन्धरले कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी सुबास बैद्यले राख्नु भएको थियो । जेसीज आस्थापाठ वाचन काभ्रे महिला जेसीजकी तालिम संयोजक जेसी बुद्धलक्ष्मी मानन्धरले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन काभ्रे महिला जेसीजकी महासचिव जेसी भगवती श्रेष्ठले राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन महासचिव रिकेश श्रेष्ठले गर्नु भएको थियो ।

Share: